अध्यादेश पारित हुँदैन : कांग्रेस नेता विश्वकर्मा

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति सदस्य मीनबहादुर विश्वकर्माले अध्यादेश पारित नहुने बताएका छन् ।
उनले यहीँ अवस्था रहिरहे कांग्रेस–एमाले नेतृत्वको गठबन्धन सरकारले ल्याएका अध्यादेश पारित नहुने बताएका हुन् ।
सोमबार रिपोर्टर्स क्वल नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलको साक्षात्कार कार्यक्रममा बोल्दै विश्वकर्मा सरकारले अध्यादेश ल्याउनुपूर्व कांग्रेस र गठबन्धनमा संलग्न दलहरूसँग छलफल नगरेको गुनासो गरे ।
उनले दलहरूसँगको सल्लाहमा छलफल नगरी ल्याइएका केही विधेयक विवादास्पद भएकोले पारित हुन नसक्ने जिकिर गरे ।
कांग्रेससँग छलफल गरे पनि संसद्मा लैजाँदा पार्टीहरूबीच असन्तुष्टि आउँदा पारित नहुने अवस्था आएको बताए ।
विश्वकर्माले अहिलेको गठबन्धन २०८४ को निर्वाचनसम्म कायम रहने दाबीसमेत गरे ।
तपाईको प्रतिक्रिया दिनुहोस