Techie IT
२०८३ श्रावण १, शुक्रबार

नेपाल ट्रष्टका जग्गा संरक्षणका लागि खोजी कार्य सुरु: मन्त्री अधिकारी


भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले नेपाल ट्रष्टका नाममा रहेका जग्गाको संरक्षण गर्ने उद्देश्यले सरकारले खोजी कार्य सुरु गरेको बताएका छन्। भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टका नाममा रहेको १०८ रोपनी जग्गाको निरीक्षणपछि मन्त्री अधिकारीले देशभरका ट्रष्टको स्वामित्वमा रहेका जग्गाहरू खोजी गरी तिनको संरक्षणमा सरकार लागि परेको जानकारी दिए।

उनले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित विद्यालय, कलेज, अस्पताल लगायतका भौतिक अवस्थिति र शैक्षिक अवस्थाबारे पनि जानकारी लिए। मन्त्री अधिकारीले भक्तपुर दरबार क्षेत्रका सांस्कृतिक तथा ऐतिहासिक सम्पदाहरूको अवलोकन पनि गरे। यस अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्ने माग राखे। उनले भक्तपुरमा विश्वविद्यालय सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण भइरहेको जानकारी पनि गराएका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट