भिरबाट लडेर एक जनाको मृत्यु

सांकेतिक
बाजुरा । गौमुल गाउँपालिकामा भिरबाट लडेर सोही गाउँपालिका–६ टाडाकोटका ५६ वर्षीया डम्बरबहादुर रोकायाको मृत्यु भएको छ ।
आज बिहान गाउँ नजिकको वनमा बाख्रा चराउन गएका रोकायाको लडेर घटनास्थलमै मृत्यु भएको उनको आफन्त दीपेन्द्र रोकायाले बताए ।
उनी एक सय मिटर तल खोचको खसेका थिए ।
तपाईको प्रतिक्रिया दिनुहोस