Techie IT
२०८२ असोज ३, शुक्रबार

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


बारा । बाराको कलैया उपमहानगरपालिका–१४ बघवनमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट फतुवा विजयपुर नगरपालिका–५ बैरगनियाका ३५ वर्षीय अनिलप्रसाद यादव रहेका छन् ।

आज बिहान हुलाकी राजमार्गअन्तर्गत बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको ना६ख ५०६७ नंको बसले ना३९प ७३६७ नंको मोटरसाइकललाई ठक्कर दिँदा चालक यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

घटनालगत्तै यादवलाई प्रादेशिक अस्पताल कलैया लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट