मङ्सिर १६ गतेको उपनिर्वाचनका लागि निर्वाचन आयोगद्वारा कार्यतालिका सार्वजनिक
स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले आउँदै गरेको मङ्सिर १६ गतेका दिन हुने निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। निर्वाचनको व्यवस्थापनलाई प्रभावकारी बनाउन आयोगले ६२ वटा प्रमुख क्रियाकलापहरू समेटेर समयबद्ध योजना तयार पारेको छ।
आयोगका प्रवक्ता नारायण प्रसाद सापकोटाका अनुसार निर्वाचन प्रयोजनका लागि राजनीतिक दलहरूको दर्ता असोज १० गतेदेखि १६ गतेसम्म हुनेछ। त्यसअघि असोज ९ गते दर्ताको सूचना प्रकाशन गरिनेछ।
मतदाता सूचीको अन्तिम प्रकाशन र मतदान स्थलको निर्धारण कार्तिक २६ मा हुनेछ भने कार्तिक ३० मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ। मङ्सिर २ गतेबाट निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ, र मङ्सिर १६ मा मतदान हुनेछ।




तपाईको प्रतिक्रिया दिनुहोस