स्ववियु निर्वाचनको मुखैमा अस्कल क्याम्पसमा ३ विद्यार्थी संगठनद्वारा तालाबन्दी

काठमाडौं । अस्कल क्याम्पसमा तीन विद्यार्थी संगठनले तालाबन्दी गरेका छन् । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन समितिले क्याम्पसमा संगठित विद्यार्थी संगठनहरूको संयुक्त बैठक नै नबसालेर एकल निर्णय गरेको भन्दै तालाबन्दी गरेका हुन् ।
अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिव प्रेम जैसी, अखिल (समाजवादी)का केन्द्रीय प्रतिनिधि ललित सी र अखिल (क्रान्तिकारी)का केन्द्रीय प्रतिनिधि नेत्रबहादुर शाहीले संयुक्त विज्ञप्ति नै जारी गर्दै तालबन्दी गरेका छन् ।
अस्कल क्याम्पसको स्ववियु निर्वाचन समितिले सर्वदलीय (सबै विद्यार्थी संगठन) बैठक नै नराखेर आफूखुसी निर्णय गरेको भन्दै तीन संगठनले तालाबन्दी गरेको अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिव प्रेम जैसीले जानकारी दिए ।
स्ववियु निर्वाचन यहीँ चैत ५ गते हुँदैछ ।
हेर्नुहोस् विज्ञप्ति :

तपाईको प्रतिक्रिया दिनुहोस