Techie IT
२०८२ असार १, आइतबार

छलफलको तयारीमा देउवा, ओली र प्रचण्ड


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख सत्तारूढ दल कांग्रेस सभापति शेरबहादु देउवा र प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल हुँदैछ । 

आज (मंगलबार) उनीहरूबीच छलफल हुने भएको छ । संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठन गर्न प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल हुने भएको हो । 

प्रधानमन्त्रीका सल्लाहकार अग्नि खरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेरै यसबारे छलफल गरेका थिए । संक्रमणकालीन न्यायको प्रक्रिया अघि बढाएर टुंगोमा पुर्याउन ढिला नगर्न प्रचण्ड र खरेलबीच छलफल भएको थियो । 

हिजो (सोमबार) नै प्रधानमन्त्री तथा नेकपा (एमाले)अध्यक्ष ओली, कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच छलफलको तयारी भएको थियो । तर, प्रचण्डले समय अभाव देखाएपछि छलफल भएको थिएन । 

राष्ट्रिय मानवअधिकार आयोगले फागुन तेस्रो साता प्रधानमन्त्रीलाई पत्राचार गर्दै सङ्क्रमणकालीन न्याय प्रक्रियालाई अघि बढाउन, सत्य निरूपण तथा मेलमिलाप आयोग तथा बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग गठन गर्न आग्रह गरेको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट