Techie IT
२०८२ जेष्ठ ३१, शनिबार

पाटन क्याम्पसमा सत्तारूढ दलकै विद्यार्थी कार्यकर्ताबीच टाउको फोडाफोड, नेविसंघले नचायो खुकुरी


काठमाडौं । पाटन संयुक्त क्याम्पसमा सत्तारूढ दल कांग्रेस निकट नेविसंघ र एमाले निकट अनेरास्ववियुका कार्यकर्ताले टाउको फोडाफोड गरेका छन् । 

आज (मंगलबार) जारी स्ववियु निर्वाचनमा फर्जी मतदाताले मतदान गरेको भन्दै विवाद चर्किएपछि नेविसंघ र अनेरास्ववियुका कार्यकताबीच आपसी विवाद बल्झिएको थियो । 

विवाद बल्झिँदै गएपछि दुई विद्यार्थी संगठनका कार्यकताले टाउको फोडाफोड गरेका छन् । 

अनेरास्ववियुका केही कार्यकर्ताले नेविसंघका केही कार्यकर्ताको टाउको फोडेपछि नेविसंघका कार्यकर्ताले खुकुरी नचाएका थिए । घटनाको विस्तृत विवरण आउन बाँकी नै छ । 

एउटा विद्यार्थीको परिचयपत्रमार्फत सात जनासम्मले मतदान गरेको पाइएपछि विवाद भएको थियो । १०० जना विद्यार्थीले मतदान गरिसकेपछि विवाद उत्पन्न भएको थियो । 

अहिले विवाद समाधानका लागि सर्वपक्षीय बैठक बसिरहेका छ भने निर्वाचन परिसर तनावग्रस्त बनेपछि सुरक्षाकर्मी परिचालन गरिएको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट