Techie IT
२०८२ फागुन ६, बुधबार

ठुलो परिमाणमा ट्रामाडोलसहित ६ जना पक्राउ


प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले ठुलो परिमाणमा लागुऔषध ट्रामाडोलसहित ६ जनालाई पक्राउ गरेको छ। भदौ १८ मा गोकर्णेश्वर नगरपालिका–५ स्थित बागमती करिडोरबाट उदयपुरका ३० वर्षीय श्री बहादुर राईलाई पक्राउ गर्दै अनुसन्धान गर्दा अन्य आरोपीहरूको संलग्नता पुष्टि भएको ब्यूरोका एसपी रामेश्वर कार्कीले जानकारी दिए।

पक्राउ परेकाहरूको साथबाट १ लाख ८० हजार ४३० थान ट्रामाडोल बरामद गरिएको छ। पक्राउ पर्ने व्यक्तिहरूमा उदयपुरका श्री बहादुर राई, सर्लाहीका विपिन कुमार महतो, पर्वतका बालकृष्ण अधिकारी, झापाकी सम्झना रोक्का, बाराका प्रदीप सर्राफ, र काठमाडौँका मन मोहन श्रेष्ठ छन्।

ब्यूरोले लागुऔषधको अवैध कारोबारमा संलग्न अन्य व्यक्तिहरूको खोजीलाई जारी राखेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट