Techie IT
२०८३ असार ३२, बिहीबार

जापान नेपाली श्रमिकहरूका लागि सुरक्षित र आकर्षक गन्तव्य: मन्त्री भण्डारी


श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले जापानलाई नेपाली श्रमिकहरूका लागि सुरक्षित र आकर्षक रोजगारी गन्तव्य मुलुकको रूपमा व्याख्या गरेका छन्। 

जापानको टोकियोमा आयोजित नेपाल–जापान रोजगार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले नेपाल र जापानबीचको श्रम सम्झौताले निश्चित सीपयुक्त नेपाली श्रमिकलाई जापान पठाउने कार्यलाई व्यवस्थित गर्न निर्देशनिका जारी भइसकेको जानकारी दिए।

उनले निकट भविष्यमा औपचारिक रूपमा जापानमा नेपाली श्रमिक पठाउने प्रक्रिया अघि बढ्ने विश्वास व्यक्त गरे। भ्रमणको क्रममा मन्त्री भण्डारीले जापानका उच्चस्तरीय पदाधिकारीहरूसँग दुई पक्षीय रोजगारी प्रवर्द्धनका विषयमा पनि छलफल गरेका छन्।

जापानमा नेपाली श्रमिकको लागि थप अवसरहरू सिर्जना हुने र दुई देशबीचको श्रम सम्बन्धलाई बलियो बनाउने दिशा तर्फ छलफलले ध्यान केन्द्रित गरेको मन्त्रालयले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट