Techie IT
२०८२ मंसिर १, सोमबार

युएईले कीर्तिमानी लक्ष्य पूरा गर्दै नामिबिया माथि एक विकेटले रोमाञ्चक जित


युएईले आईसीसी विश्वकप लिग-२ मा घरेलु टोली नामिबियामाथि एक विकेटको कीर्तिमानी जित हात पारेको छ। आफ्नो ओडीआई इतिहासकै सर्वाधिक ठूलो ३१४ रनको लक्ष्य पूरा गर्दै युएईले लिग-२ मा पहिलो जित दर्ता गरेको हो।

युएईले ४९.३ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। यसअघि, युएईले ओडीआईमा सन् २०२२ मा ओमानविरुद्ध ३०८ रनको उच्च लक्ष्य पूरा गरेको थियो।

युएईका विष्णु सुकुरमानले ९० बलमा ८ चौका र ५ छक्कासहित ९७ रनको उत्कृष्ट इनिङ खेले, भने बासिल हामिदले ४७ बलमा ६ चौका र ४ छक्कासहित ७१ रन बनाए। 

 यी दुई खेलाडीले छैटौं विकेटका लागि १५५ रनको साझेदारी गर्दै युएईलाई जिततर्फ डो-याएका थिए।

अली नासिर २१ बलमा ३८ रनमा नट आउट रहे। नामिबियाका जेन निकोल लोफ्टीले ४ विकेट लिएका थिए। त्यसअघि, टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले ५० ओभरमा ३१३ रन बनाएको थियो। माइकल भान लिंगेनले १०७ रनको शतकीय इनिङ खेले पनि नामिबिया जित निकाल्न असफल रह्यो।

युएईले यो जितसँगै ५ खेलमा २ अंक बनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट