Techie IT
२०८२ जेष्ठ २७, मंगलबार

रवि सहकारी ठगीबाट चोखिन अदालतको आदेशविरुद्ध उच्चमा जाँदै


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदन जाँदैछन् ।

त्यसका लागि उनी ललितपुरस्थित पाटन उच्च अदालत जान लागेका हुन् । 

स्वर्णलक्ष्मी सहकारीको बचत अपचनसँग सम्बन्धित मुद्दामा जिल्ला अदालतले गरेको आदेशविरुद्ध उनी आज (शुक्रबार) बिहान ११ः०० बजे पाटन उच्च अदालत जानेछन् । 

रविलाई उक्त मुद्दामा गत माघ २ गते ६० लाख धरौटीसहित रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो ।  
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट