चन्द्रागिरि जंगलमा सल्किएको आगो निभाउन सुरक्षाकर्मी परिचालन

काठमाडौं । चन्द्रागिरि केउरानी सामुदायिक वनमा सल्किएको आगो निभाउन सुरक्षाकर्मी परिचालन गरिएको छ ।
वनमा आगो सल्किएको जानकारीपछि निभाउन प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।
वनको विभिन्न स्थानमा सल्किएको आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचाल गरिएको छ ।
स्थानीयको सहयोगमा आगो निभाउन खोजे पनि नियन्त्रणमा आइसकेको छैन ।
तपाईको प्रतिक्रिया दिनुहोस