कारबाहीको बहानामा सिराहाका सिडिओलाई तानियो गृह मन्त्रालयमा

काठमाडौं । दलितको घर खाली गरेको प्रकरणलाई लिएर सिरहाका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ ।
प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई त्यहाँबाट गृह मन्त्रालय, काठमाडौंमा तानिएको छ ।
गृह मन्त्रालयका अनुसार उनको स्थानमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई पठाइएको छ ।
महायज्ञ गर्न दलित परिवारलाई हटाएको समाचार बाहिरिएपछि उनी विवादमा परेका थिए ।
सोही घटनाले संसद्मा लामो बहस भएको भोलिपल्ट सो विषयमा सत्य तथ्य र स्वतन्त्र छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिइसकेको उनको सचिवालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस