ठोरीका कांग्रेस उपसभापति माओवादीमा प्रवेश

काठमाडौं । ठोरी गाउँपालिकाका नेपाली कांग्रेस उपसभापति नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।
जारी ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान अन्तर्गत मधेसको अन्तिम कार्यक्रममा कांग्रेस उपसभापति माओवादीमा प्रवेश गरेका हुन् ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका अनुसार पर्सा जिल्ला ठोरी गाउँपालिकामा जनभेटघाट तथा जनसभामार्फतनेपाली कांग्रेस ठोरी गाउँपालिका उपसभापति केदारबहादुर देउजा पार्टीमा प्रवेश गरेका हुन् ।
सचिवालयका अनुसार देउजा लगायत विभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेकालाई अध्यक्ष प्रचण्डले स्वागत गरेका थिए ।
तपाईको प्रतिक्रिया दिनुहोस