Techie IT
२०८३ असोज १५, बिहीबार

किएभमा रूसी आक्रमणमा ५ वर्षे बालकसहित ३ जनाको मृत्यु, १० घाइते


युक्रेनको राजधानीमा रातभर रुसी ड्रोन आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै १० जना घाइते भएको किएभका अधिकारीहरूले आइतबार जानकारी दिएका छन् ।

“उपलब्ध जानकारी अनुसार, पाँच वर्षको बच्चासहित तीन जनाको मृत्यु भयो । अन्य १० जना घाइते भए”, किएभ शहरको सैन्य प्रशासनले सामाजिक सञ्जाल टेलिग्राममा उल्लेख गरेको छ, “घाइतेहरूमध्ये, सबैभन्दा कान्छो पीडित केवल ११ महिनाको थियो ।”

सामाजिक सञ्जालमा प्रसारित फुटेजका अनुसार, ड्रोनले किएभका धेरै जिल्लाहरूलाई लक्षित गरी व्यापक आक्रमण गरेको थियो ।

रुसी र युक्रेनी प्रतिनिधिमण्डलले सोमबार साउदी अरेबियामा अमेरिकी प्रतिनिधिहरूसँग समानान्तर युद्धविराम वार्ता गर्ने कार्यक्रम छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट