Techie IT
२०८२ असोज १, बुधबार

रविको चलखेल: सहकारीको रकम ससुरालीसम्म


सहकारीको रकमबाट रवि लामिछाने र उनी संलग्न कम्पनीले राजस्व छली गर्नेदेखि ससुरालीको कम्पनीलाई अनधिकृत भुक्तानी गरेको पाइएको छ। संसदीय छानबिन विशेष समितिले गोरखा मिडियामा र रवि लामिछानेको नाममा अपचलनको घटनाहरू उजागर गरेको छ। समितिको प्रतिवेदनमा सहकारी संस्थाबाट गोर्खा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख रकम प्रवाह भएको देखिएको छ।

रविले गोरखा मिडिया नेटवर्कबाट गोपीकृष्ण मुभिजलाई ८१ लाख २५ हजार रुपैयाँ पेस्की चेक काटेका छन्, जुन रकम उनका ससुराले सञ्चालित कम्पनी हो। समितिले यस घटनामा जिबी राई, छविलाल जोशी, र कुमार रम्तेललाई कानुनी कारबाहीको सिफारिस गरेको छ।

समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ कि सहकारी संस्थाबाट आएको रकम कानूनी प्रावधान विपरीत प्रयोग गरिएको छ, जसले आर्थिक सुशासनमा गम्भीर प्रश्न उठाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट