Techie IT
२०८२ जेष्ठ २४, शनिबार

चन्द्रागिरीमा गाडी दुर्घटना, १ जनाको मृत्यु


काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ नागाढुङ्गा ढलानस्थित सडकमा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको ग १ ख ५५४६ नम्बरको हाइस अनियन्त्रित भई आइतबार साँझ दुर्घटना भएको हो ।

दुर्घटनामा करिब २५ वर्षीया सबिना गुरूङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । उनको ठेगाना खुलिसकेको छैन ।

दुर्घटनामा घाइते भएका हाइसमा सवार दुई जनाको राष्ट्रिय ट्रमा सेन्टरमा र एकजनाको अन्नपूर्ण न्युरो अस्पताल माइतीघरमा उपचार भइरहेको छ । 

हाइस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट