Techie IT
२०८३ असार ३२, बिहीबार

क्यानडा पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ


वैदेशिक रोजगारका लागि क्यानडा पठाइदिने भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए अनुसार, गोरखा आरुघाट गाउँपालिका-१० का ३४ वर्षीय रामहरि भण्डारीले १८ लाख ५३ हजार रुपैयाँ ठगी गरेका छन्।

आचार्यका अनुसार, भण्डारीले आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाउने भन्दै दुई व्यक्तिसँग रकम लिएका थिए। “रोजगारका लागि युवायुवतीलाई आकर्षित गरी लामो समयसम्म झुक्याएर विदेश नपठाई सम्पर्कविहीन भएकोमा पीडितहरूले जाहेरी दिएपछि बिहीबार उनलाई पक्राउ गरिएको हो,” आचार्यले थप जानकारी दिए। 

अब उनलाई वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौँमा थप अनुसन्धान र कारबाहीका लागि पठाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट