Techie IT
२०८२ जेष्ठ ५, सोमबार

कांग्रेस–एमालेबीच बलियो सम्बन्ध : देउवा


काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले साझेदार एमालेसँग बलियो सम्बन्ध भएको जिकिर गरेका छन् । 

आज (मंगलबार) सुजता कोइरालाद्वारा लेखित ‘म र मेरो सानोबुवा’ नामक आत्मकथा लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सभापति देउवाले दुई दलबीच बलियो सम्बन्ध बन्दै गएको जिकिर गरेका हुन् । 

देउवाले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीजी र कांग्रेस पार्टीबीच सम्बन्ध समधुर भएको छ । जेलभित्र जेल छ । सेन्ट्रल जेलमा गोलघर भन्ने ठाउँमा छ । उहाँ त्यस्तो ठाउँमा बस्नुभएको मान्छे हो ।’

उनले राजनीतिक झगडा आफ्नो ठाउँमा भएपनि सम्बन्ध राम्रो हुँदै गएको जिकिर गरे । ‘अझै यो सम्बन्ध राम्रो भएर जाने कुरामा दुईमत छैन । कांग्रेसको तर्फबाट उहाँलाई पूर्ण समर्थन छ,’ देउवाले भने ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट