Techie IT
२०८३ असार २८, आइतबार

बालेनलाई पक्राउ गर्न माग


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई पक्राउ गर्न राष्ट्रिय युवा संघले माग गरेको छ ।

आज (मंगबार) एक विज्ञप्ति जारी गर्दै बालेनले पदिय जिम्मेवारी भुलेर सस्तो लोकप्रियताका लागि तथ्यलाई अतिरञ्जित गरी समाजलाई भड्काउने अभिव्यक्ति दिएको भन्दै पक्राउ गर्न माग गरेको हो ।

देशमा विखण्डनकारी शक्ति र तानाशाही शासकहरूको अवशेष सल्बलाएर धमिलो पानीमा माछ मार्ने प्रयास गरेको युवा संघले आरोप लगाएको छ । महानगरमा कार्यकारी अधिकृत नियुक्त गर्न नसकेर कर्मचारीहरूको तलब भत्ता रोकिएको विषयलाई लिएर बालेनले दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको उक्त संघले बताएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘अबको एक हप्तामा कर्मचारीले तलब नपाए ‘टुकुचामा गाड्छु’ भन्ने अभिव्यक्तिप्रति राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमीटीको गम्भीर ध्यान आकर्षण भएको छ । आफ्नो पदीय जिम्मेवारी भुलेर पब र कल्बहरूमा रमाउँदै सस्तो लोकप्रियता र सामजिक सञ्जालमा लाइक बटुल्नका लागि यस्ता स्तरहीन अभिव्यक्ति नदिन र काठमाडौँ तथ्यलाई अतिरञ्जित गरी समाजलाई भड्काउने अभिव्यक्ति नदिन हामी सचेत गराउँछौ र कहिले सिंहदरबारमा आगो लगाउँछु त कहिले टुकुचामा गाड्छु जस्ता आपत्तिजनक अभिव्यक्ति दिने मेयरलाई कानूनी कठघरामा उभ्याउनका लागि सरोकारवाला निकाय सँग जोडदार माग गर्दछौ ।’

मेयर बालेनले हिजो सामाजिक सञ्जालमार्फत काठमाडौं महानगरपालिकाका कर्मचारीले तीन महिनादेखि तलब नपाएको भन्दै आक्रोश व्यक्त गरेका छन् । कर्मचारीले एक हप्ताभित्रै तलब नपाए सबैलाई टुकुचामा गाड्ने चेतावनी दिएका छन् । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट