कुलमानको पदमुक्तविरुद्ध रास्वपा सडकमा
.png)
काठमाडौं । सोमबार सरकारले विद्युत् प्रधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।
उनको कार्यकाल चार महिनामात्रै बाँकी रहँदा सोमबार सरकारले पदमुक्त गर्ने निर्णय गरेको हो ।
उक्त निर्णयको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रदर्शनमा उत्रिएको छ ।
विरोध प्रदर्शनमा रास्वपाकी सांसद सुमना श्रेष्ठ, केन्द्रीय सदस्य गणेश कार्कीलगायतका नेताहरू कुलमान पदमुक्तको विरोधमा सडक प्रदर्शनमा उत्रिएका हुन् ।
उनीहरू ‘काम गर्न दे सरकार, नेपाललाई अन्धकार होइन उज्यालो चाहिन्छ’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शमा उत्रिएका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस