Techie IT
२०८३ जेष्ठ ५, मंगलबार

प्रकाश तामाङको घर निर्माणमा प्रकाशको खाताको पैसा चलाएको छैन ; सांसद सुदन किराती


पूर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका सांसद सुदन किरातीले प्रकाश तामाङको घर बनाउँदा तामाङको बैंक खाताबाट पैसा नझिकेको स्पष्ट पारेका छन्। आइतबार साँझ आफ्नो फेसबुकमार्फत किरातीले क्यु आर कोडमार्फत तामाङको खातामा जम्मा भएको पैसा घर निर्माणमा प्रयोग नगरिएको बताएका हुन्।

उनले लेखेका छन्, "फर्केर आएका प्रकाश तामाङको घर प्रतिकूल मौसमको बाबजुद दिनरात गरेर बनिरहेको छ। खटिरहनु भएका सबै योद्धाहरुप्रति धन्यवाद। प्रकाश तामाङको QR Code मार्फत बैंक खातामा जम्मा भएको रकम घर निर्माणमा खर्च गरिएको छैन भन्ने कुरा स्पष्ट गर्दछु।"

लामो समय हराएका तामाङको परिवारसँग पुनर्मिलन हेर्ने कथा टिमको सहयोगमा भोजपुरमा भएको थियो। तामाङको पुर्खौली घरजग्गा नभएकाले सांसद किरातीले तामाङको लागि घर बनाइदिने जिम्मा लिएका थिए। अहिले तामाङको घर निर्माणको काम निरन्तर जारी रहेको छ, जसमा किरातीको प्रत्यक्ष निगरानी रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट