रास्वपा मानव अधिकार आयोगमा जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राष्ट्रिय मानव अधिकार आयोगमा जाने भएको छ ।
सभापति रवि लामिछानेमाथि प्रहरीले गरेको ज्यादतीविरुद्ध रास्वपा उक्त आयोगमा जाने भएको हो ।
प्रहरी ज्यादती र मानव अधिकार हननको घटनाविरुद्ध पार्टीको तर्फबाट मानव अधिकार र रविको रक्षार्थ आयोगमा जान लागेको कार्यवहाक सभापति मनिष झाले जानकारी दिए ।
रास्वपाको आज (बुधबार) बिहान ११ः३० बजे राष्ट्रिय मानव अधिकारको कार्यालयमा निवेदन दिन जाने तयारी छ ।
सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने रूपन्देही जिल्ला कारागार चलान भएका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस