Techie IT
२०८३ असार ३२, बिहीबार

दसैँ नजिकिँदै गर्दा पनि निर्माण व्यवसायीले पाएनन् भुक्तानी


गत आर्थिक वर्षमा काम पूरा गरे पनि सरकारले सबै रकम भुक्तानी नगरेको भन्दै निर्माण व्यवसायीहरूले गुनासो गरेका छन्। सरकारले दसैंअघि सबै भुक्तानी सम्पन्न गर्ने घोषणा गरे पनि अहिलेसम्म पूरा भुक्तानी नपाएको उनीहरूको भनाइ छ। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहका अनुसार, पुरानो वर्षकै भुक्तानी नपाउँदा थप काम गर्न व्यवसायीहरूलाई समस्या परेको छ।

अध्यक्ष सिंहले भने, “दसैं नजिकिँदै गर्दा पनि पोहोरको काम गरेको रकम अझै भुक्तानी पाउन सकेका छैनौं। व्यवसायीहरूले उधारोमा लिएका सामान र सेवाको भुक्तानी गर्न नसक्दा धेरै ठाउँबाट ताकेता आइरहेको छ।”

निर्माण व्यवसायीहरूका अनुसार, गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा गरिएको कामको कुल ६० अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ, जसमध्ये करिब २० अर्ब रुपैयाँ मात्र भुक्तानी भएको छ। अध्यक्ष सिंहका अनुसार, गत आर्थिक वर्षको २२ अर्बभन्दा बढी रकम अझै प्राप्त भएको छैन, र चालु आर्थिक वर्षको पनि करिब ४० अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सबैभन्दा धेरै भुक्तानी रोकिएको छ। मन्त्रालयका प्रवक्ता सुशीलबाबु ढकालले बाँकी साढे ३ अर्ब रुपैयाँ दसैंअघि भुक्तानी गर्ने योजना रहेको जानकारी दिएका छन्, तर बजेटको अभावले समस्या भएको उल्लेख गरेका छन्।

अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले कानुनी प्रक्रिया र बजेटको सीमा कारण केही भुक्तानीमा ढिलाइ भएको स्वीकारे पनि समस्या समाधानका लागि प्रयास भइरहेको बताएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट