Techie IT
२०८३ असार ३२, बिहीबार

भारतीय ट्रकमा आगजनी गर्ने दुर्गा प्रसाईँका समर्थक पक्राउ, ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता हुदैँ


झापा जिल्लामा दुई भारतीय नम्बर प्लेट भएका ट्रकमा आगजनी गर्ने अभियोगमा दुर्गा प्रसाईँका समर्थकहरू पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्ण चन्दका अनुसार नागरिक प्रतिरक्षा बल (पीडीएफ)मा आबद्ध भीम लिम्बू तुम्वापो र विजय चौधरीलाई पक्राउ गरिएको छ। यी व्यक्तिहरूले झापाको पूर्वपश्चिम राजमार्गमा दुई भारतीय ट्रकमा आगजनी गरेको आरोप लागेको छ।

दुर्गा प्रसाईँलाई प्रहरीले पक्राउ गरेपछि, नागरिक प्रतिरक्षा बलले झापा बन्दको घोषणा गरेको थियो। प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूविरुद्ध आपराधिक उपद्रव र ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरिएको छ। प्रहरीले आगजनीमा संलग्न अन्य फरार व्यक्तिहरूको खोजीकार्य जारी राखेको जनाएको छ।

आगजनीबाट घाइते भएका ट्रक चालकहरूको उपचार भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट