Techie IT
२०८२ वैशाख १८, बिहीबार

देशभरबाट खैरो हेरोइन र गाँजासहित ८ जना पक्राउ, ठूलो परिणाममा लागुऔषध बरामद


देशका विभिन्न स्थानहरूबाट खटिएको प्रहरीले बिहीबार एकैदिन ठूलो मात्रामा अवैध लागूऔषधसहित ८ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ र ठूलो परिणाममा गाँजा बरामद गरिएको हो ।

मोरङ, विराटनगर: विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका मोरङ केरावारी-१० का २२ वर्षीय बिर बहादुर तामाङलाई लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको टोलीले ३.९५ ग्राम खैरो हेरोइनसहित पक्राउ गर्‍यो ।

सुनसरी, भोक्राहा नरसिंह: सडकमा चेकजाँचको क्रममा धनकुटा साँगुरगढी-९ का २२ वर्षीय सलिन राईलाई प्रहरीले १०० केजी गाँजासहित नियन्त्रणमा लिएको छ । उनी मोटरसाइकलमा गाँजा बोकेर ल्याउँदै गर्दा पक्राउ परेका हुन् । अर्का एक जना भने मोटरसाइकल छाडेर फरार भएका छन्। दुबै मोटरसाइकलमा रहेका झोला र बोराबाट गाँजा फेला परेको हो ।

बर्दिया, बारबर्दिया: पदनाहा क्षेत्रबाट प्रहरीले १ ग्राम खैरो हेरोइनसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा २२ वर्षीय मनोज थारु, १९ वर्षीय विशाल परियार र २८ वर्षीय अन्तराम थारु रहेका छन्। उनीहरू भे.८ प ७७८ नम्बरको मोटरसाइकलमा सवार थिए ।

झापा, मेचीनगर: पुरानो मेचीपुल क्षेत्रबाट दमक-८ डेरामा बस्दै आएकी मोरङ मिक्लाजुङ-६ की २८ वर्षीया मिना लिम्बु राई १ ग्राम खैरो हेरोइनसहित पक्राउ परेकी छन् । उनलाई लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको टोलीले नियन्त्रणमा लिएको हो ।

कैलाली, धनगढी: धनगढी उपमहानगरपालिका-१८ एफ गाउँ निवासी २८ वर्षीय केदार बोहरा करिब ३७० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन् । उनलाई इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार सबै घटनामा संलग्नहरूमाथि लागूऔषध सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान अगाडि बढाइएको छ । नेपाल प्रहरीको सक्रियता र अभियानका कारण देशभर लागूऔषध कारोबारमा संलग्नहरू क्रमशः पक्राउमा परिरहेका छन् ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट