Techie IT
२०८२ मंसिर १, सोमबार

दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णालीमा अत्याधुनिक संरचना निर्माण हुदैँ


कर्णालीमा दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि अत्याधुनिक संरचना निर्माण भइरहेको छ। प्रतियोगिता मंसिर २ देखि ९ गतेसम्म आयोजना हुनेछ। एमएसी–जीएसएल कम्पनीले १ अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६ सय रुपैयाँको लागतमा रंगशाला निर्माणको जिम्मा लिएको छ, जुन असोज मसान्तसम्म सम्पन्न हुने अपेक्षा गरिएको छ। निर्माण भएका संरचनाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न सकिने गरी बनाइएका छन् ।

कर्णालीमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा २४ वटा खेलहरू समावेश गरिनेछ । यी खेलहरू कर्णालीका विभिन्न जिल्लाहरूमा आयोजना हुनेछन् । मुख्य खेलहरू सुर्खेतमा हुनेछन्, तर केही खेलहरू हिमाली र पहाडी जिल्लाहरूमा पनि आयोजना गरिनेछन् । खेलहरूको सूचीमा फुटबल, क्रिकेट, कबड्डी, हक्की, रग्बी, भलिबल, र अन्य धेरै खेलहरू समावेश छन् ।  मुगुको राराताल नजिकै कबड्डी प्रतियोगिता हुनेछ, र हुम्लामा हक्की खेल खेलाइनेछ ।

रंगशाला भित्र फिफाको मापदण्डअनुसार १०५ मिटर लम्बाइ र ६८ मिटर चौडाइको फुटबल मैदान बनेको छ, जसमा १० हजार दर्शक बस्न सक्ने प्याराफिट छ। अत्याधुनिक प्रविधिको प्रयोगले मैदानमा पानी परेको खण्डमा २०-२५ मिनेटभित्र सुक्ने व्यवस्था मिलाइएको छ। सिँचाइका लागि नयाँ प्रविधिको स्प्रिनकल जडान गरिएको छ, जसले ३० मिनेटभित्र मैदान सिँचाइ गर्छ। खेलाडीका लागि चेन्जिङ कक्ष, वेटिङ कक्ष, रेस्टरुम, फिजियो कक्ष, र मेडिकल कक्ष लगायत पूर्वाधार पनि निर्माण गरिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट