Techie IT
२०८३ भाद्र २०, शनिबार

सम्पूर्ण संस्कृतिको रक्षा गर्दै भावी पुस्ताका लागि जीवन्त राख्नु सबैको दायित्व ; देउवा


नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गाईजात्राका अवसरमा शुभकामना व्यक्त गर्दै नेपालका विभिन्न जातजातिका विशिष्ट परम्परा, रहनसहन, रीतिरिवाज र चाडपर्वको आदर र सम्मान गर्ने परम्परा रहेको बताएका छन्। उनले नेपाललाई बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण सुन्दर देशको रूपमा वर्णन गर्दै गाईजात्रालाई महत्वपूर्ण पर्वको रूपमा उल्लेख गरे।

 देउवाले लोकतन्त्रमा सबै जातजाति, भाषाभाषी तथा धर्म र संस्कृतिले समान अवसर पाउने र सम्पूर्ण सांस्कृतिक धरोहरको रक्षा गर्दै भावी पुस्ताका लागि पर्वहरुलाई जीवन्त राख्नु सबैको दायित्व र जिम्मेवारी हुने बताए ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट