Techie IT
२०८३ कार्तिक ६, बिहीबार

चीनको सिजाङमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प


चीनको सिजाङ स्वायत्त क्षेत्र (तिब्बत) स्थित नागकु शहरको बाकेन काउन्टीमा बिहीबार राति ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। चीनको भूकम्प नेटवर्क केन्द्र (सीईएनसी) का अनुसार स्थानीय समय अनुसार राति १०:३३ बजे (नेपाली समय अनुसार राति ८:१८ बजे) गएको उक्त भूकम्पको केन्द्रबिन्दु नागकु शहरबाट करिब ११५ किलोमिटर टाढा १० किलोमिटर गहिराइमा रहेको थियो। 

भूकम्पको कडा धक्का चीनका विभिन्न भागका साथै छिमेकी मुलुकहरू भारत र म्यानमारसम्म महसुस गरिएको समाचार संस्था सिन्ह्वाले जनाएको छ। भूकम्पबाट पुगेको जनधनको क्षति तथा प्रभावित क्षेत्रको विस्तृत विवरण आउन बाँकी छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट