Techie IT
२०८३ कार्तिक ६, बिहीबार

एनपीएल उद्घाटन खेलको टिकट आधा घण्टामै सोल्ड आउट


नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि राखिएका डिजिटल टिकटहरू बिक्री खुला भएको आधा घण्टामै ‘सोल्ड आउट’ भएका छन्। 

प्रतियोगिताको आधिकारिक टिकटिङ पार्टनर इसेवामार्फत बिहीबार साँझ ८:०० बजे सर्वसाधारणका लागि बुकिङ खुला गरिएकोमा क्रिकेट प्रशंसकहरूको अनपेक्षित चापका कारण ८:३० बजे नै टिकटहरू सकिएका हुन्। आगामी ९ कात्तिकदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने एनपीएल ३ को पहिलो खेल अघिल्लो संस्करणका फाइनलिस्ट कर्णाली याक्स र लुम्बिनी लायन्सबिच हुँदैछ। 

नेपाल क्रिकेट संघ (क्यान) ले लिग चरणका लागि साधारणतर्फ ५०० र प्रिमियमतर्फ १ हजार रुपैयाँ टिकट दर तोकेको छ भने इलिमिनेटर र फाइनलका लागि क्रमशः १ हजार र २ हजार रुपैयाँ निर्धारण गरेको छ। बुकिङ खुला हुनासाथ एकैपटक हजारौँ दर्शक इसेवामा जोडिएका थिए, यद्यपि पहिलो खेलका लागि कुल कति सङ्ख्यामा टिकट बिक्री भयो भन्ने विवरण क्यान वा इसेवाले खुलाएका छैनन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट