Techie IT
२०८३ कार्तिक ६, बिहीबार

साउदीमा भएका नेपालीको अविलम्ब उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग


साउदी अरबको सेबा आयल फिल्डमा भएको ड्रोन आक्रमणमा परि एक नेपाली नागरिकको ज्यान गएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले साउदीमा रहेका नेपालीहरूको तत्काल सुरक्षा तथा आवश्यक परे उद्धारको प्रबन्ध मिलाउन सरकारसँग कडा माग गरेको छ। 

बिहीबार कांग्रेस सभापति गगन थापाद्वारा जारी विज्ञप्तिमा निर्दोष नागरिकको ज्यान जाने गरी भएका यस्ता हिंसात्मक घटनाको घोर भर्त्सना गर्दै नेपाल सम्बद्ध नै नरहेको द्वन्द्वमा नेपालीले ज्यान गुमाउनुपर्नु अत्यन्त दुःखद र चिन्ताजनक भएको उल्लेख गरिएको छ।

मानवता र मानवीय मूल्य-मान्यता विपरीतको यस घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै कांग्रेसले साउदीमा कार्यरत नेपाली नागरिकहरूको सुरक्षामा गम्भीर पहलकदमी लिन, सम्भावित जोखिमप्रति उच्च सतर्कता अपनाउन र संकटमा परेका नेपालीलाई अविलम्ब उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट