Techie IT
२०८२ भाद्र २९, आइतबार

कम्युनिष्ट आन्दोलन अन्त्यको दिशातर्फ : उपेन्द्र यादव


जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा कम्युनिष्ट आन्दोलन समाप्तिको दिशातर्फ उन्मुख भएको दाबी गरेका छन् ।

बुधवार काठमाडौंमा आयोजित नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औं स्मृतिसभामा बोल्दै अध्यक्ष यादवले कम्युनिष्ट आन्दोलन उदार प्रजातान्त्रिक आन्दोलनतर्फ मोडिएको बताएका हुन् ।

उनि बोलिरहेका  बेला मञ्चमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायत नेताहरू उपस्थित थिए ।

यादवले पुष्पलाल श्रेष्ठलाई जीवनभर गणतन्त्रको पक्षमा र राजतन्त्रको विपक्षमा अडिग रही संघर्ष गर्ने व्यक्तित्वको रूपमा स्मरण गरेका थिए ।

"२००६ सालमा कलकत्तामा उनले कम्युनिष्ट पार्टीको स्थापना गरे । तर दुःखको कुरा के छ भने, दुई वर्षभित्रै षड्यन्त्रकारीहरू पार्टीमा पसेर उनलाई २००८ सालमै महासचिवबाट हटाइयो," यादवले भने, "यो घटनाले देखाउँछ कि कम्युनिष्ट पार्टीको जन्मदेखि नै षड्यन्त्रको संस्कृति विद्यमान थियो ।"

उनले हालसम्म पनि कम्युनिष्ट पार्टीभित्र षड्यन्त्रको अन्त्य नभएको टिप्पणी गरे। "कम्युनिष्ट आन्दोलनबाट अहिले उदार लोकतान्त्रिक आन्दोलनतिर मोडिएको देखिन्छ," उनले भने, “नेपालमा कम्युनिष्ट आन्दोलन लगभग समाप्त हुने अवस्थामा पुगेको म देख्छु।”



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट