Techie IT
२०८३ असोज २२, बिहीबार

नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्दै


नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आज बिहान बस्दैछ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहान ९ बजेका लागि बैठक बोलाइएको देउवा सचिवालयले जनाएको छ। कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयहरूमा छलफल हुनेछ।

साथै भूमि विधेयक, निजामती सेवा विधेयकमा समेटिएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा देखिएको गडबडीलगायत विषयहरू पनि बैठकको एजेन्डामा रहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट