Techie IT
२०८२ भाद्र २९, आइतबार

प्रतिनिधिसभामा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक पेश हुँदै


संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्दैछ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।

उक्त विधेयक २०८१ असार ४ गते राष्ट्रियसभामा दर्ता भएको थियो। राष्ट्रियसभाले २०८१ चैत ४ गते विधेयक पारित गरेको हो।

तिलगंगा नेत्र विश्वविद्यालय विधेयक आँखा स्वास्थ्य शिक्षाको क्षेत्रमा अध्ययन, अध्यापन तथा अनुसन्धान गर्न, विशेषज्ञ सेवा प्रदान गर्न र नवीनतम प्रविधिको विकास तथा विस्तारमार्फत आँखा स्वास्थ्यमा उत्कृष्ट प्राज्ञिक केन्द्रको रूपमा विश्वविद्यालय स्थापना गर्ने उद्देश्यले ल्याइएको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट