Techie IT
२०८२ श्रावण १०, शनिबार

पार्टी सदस्यता खारेज गर्न एमालेलाई अधिकार छैन : पूर्वराष्ट्रपति भण्डारी

भण्डारीले पार्टी राजनीतिमा पुनः सक्रिय हुने निर्णयबाट आफू विचलित नहुने स्पष्ट पारिन् ।


पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेले आफ्नो पार्टी सदस्यता खारेज गर्न नमिल्ने स्पष्ट पारेकी छन् । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले दलमा आबद्ध हुने अधिकार संविधानले प्रदान गरेको भन्दै एमालेको निर्णयको औचित्य नै नरहेको बताइन् ।

“दलमा आबद्ध हुने मेरो संवैधानिक अधिकार हो । यो अधिकार कुनै पार्टीले खोस्न सक्दैन,” भण्डारीले भनिन्, “म ३५ वर्षदेखि एमालेको सदस्य भएर काम गरिरहेकी छु । राष्ट्रपतिको जिम्मेवारीसहित मिलाउँदा करिब ४५ वर्षको राजनीतिक अनुभव छ ।”

भण्डारीले पार्टी राजनीतिमा पुनः सक्रिय हुने निर्णयबाट आफू विचलित नहुने स्पष्ट पारिन् । एमालेलाई थप बलियो बनाउन आफ्नो भूमिका रहने उल्लेख गर्दै उनले आफ्नो प्रतिबद्धता दोहोर्याइन् ।

नेकपा एमालेको केन्द्रीय कमिटीले केही दिनअघि भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गर्दै उनलाई सक्रिय राजनीतिमा फर्किन रोक लगाउने निर्णय गरेको थियो । त्यसको प्रतिकारस्वरूप पूर्वराष्ट्रपति भण्डारीले पहिलोपटक सार्वजनिक रूपमा धारणा राखेकी हुन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट