Techie IT
२०८२ भाद्र २९, आइतबार

विद्या भण्डारीको “पूर्वराष्ट्रपतिबाट पूर्वउपाध्यक्ष” यात्रा, एमाले नेतृत्वसँग खुला टकराव

ओलीको आजीवन नेतृत्व चाहना र भण्डारीको ‘लिगेसी’ दाबीबीचको द्वन्द्वले पार्टीभित्र गहिरो बहस जन्माएको छ।


पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किएको केही हप्ता नबित्दै नेतृत्वसँग खुला टकरावमा उत्रिएकी छन्। एमालेले सदस्यता निष्क्रिय घोषणा गरेपछि आज शुक्रबार पत्रकार सम्मेलन गरेर भण्डारीले आफू “पूर्वराष्ट्रपतिबाट पूर्वउपाध्यक्ष” बनेको घोषणा गरेकी हुन्।

एमालेको ब्यानरमुनि आयोजित पत्रकार सम्मेलनमा भण्डारीले ११ कात्तिक २०७२ मा राष्ट्रपति बन्नुअघि पार्टी उपाध्यक्षको हैसियतमा कार्यरत रहेको स्मरण गराउँदै, आफू अझै पनि एमालेको परिवारमा रहेको दाबी गरिन् । उनले मदन भण्डारीको तस्वीर, सूर्य चिह्न र जबजको नारासहितको ब्यानर अगाडि बसेर नेतृत्वलाई स्पष्ट चुनौती दिइन्।

पार्टी अध्यक्ष केपी शर्मा ओली लगायत शीर्ष नेतृत्वले उनको सक्रियता मन नपराएको प्रसंग पनि झल्किएको छ । ओलीले लामो समयसम्म नेतृत्व नगुमाउने अभिव्यक्तिका बीच भण्डारीले भने आफू अध्यक्ष बन्नेगरी फर्किएको संकेत गरेकी छन्।

यही सन्दर्भमा मंगलबार राति सम्पन्न केन्द्रीय कमिटी बैठकले भण्डारीको सक्रियता रोक्ने निर्णय गरेको थियो । महासचिव शंकर पोखरेलले पार्टी सदस्यता निष्क्रिय भएको औपचारिक जानकारी दिएपछि भण्डारी पक्ष आक्रोशित बनेको छ।

भण्डारीले पत्रकार सम्मेलनमा भावुक मन्तव्य दिँदै भनिन्, “म विचलित हुने छैन । पार्टीका मूल्य र सिद्धान्तलाई आत्मसात् गर्दै अझ दृढतापूर्वक अघि बढ्छु ।” उनले २०३७ सालमा मदन भण्डारीबाट लिएको सदस्यताको स्मरण गर्दै, “केही व्यक्तिलाई मन लागे भन्दैमा सदस्यता खारेज गर्न मिल्दैन,” भन्दै कडा प्रतिक्रिया दिइन्।

पूर्वउपाध्यक्ष भण्डारीले आफूलाई निष्क्रिय बनाउने निर्णयमा कुनै संवैधानिक वा कानुनी आधार नरहेको जिकिर गर्दै, पार्टी पंक्तिलाई प्रतिवादमा उत्रन आह्वान गरेकी छन् ।

उनले जबज सिद्धान्तको रक्षा गर्नु आफ्नो “अन्तरआत्माको आवाज” भएको भन्दै ओली नेतृत्वको निर्णयलाई जबजको मर्मविपरीत भएको आरोप लगाइन्। भण्डारीनिकट नेता विनोद ढकालका अनुसार, “यो पत्रकार सम्मेलन नेतृत्वलाई पुनर्विचार गराउने प्रयास मात्र होइन, प्रतिवादको थालनी पनि हो।”

एमालेले भण्डारीको सदस्यता वेबसाइटबाट हटाइसकेको बताइएको छ । यद्यपि भण्डारीले न त आफूले पार्टी छाडेको न त कुनै अर्को बाटो रोजेको दाबी गर्दै, “पार्टीले दिएको जिम्मेवारी भएरै राष्ट्रपति बनेकी हुँ,” भनाइ दिइन् ।

यो घटनाक्रमले एमालेको आन्तरिक शक्ति संघर्षलाई नयाँ मोड दिएको छ । ओलीको आजीवन नेतृत्व चाहना र भण्डारीको ‘लिगेसी’ दाबीबीचको द्वन्द्वले पार्टीभित्र गहिरो बहस जन्माएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट