Techie IT
२०८३ श्रावण ९, शनिबार

ओली कञ्चनपुरमा उभिएर मेचीसम्म देख्नसक्छन् : लेखराज भट्ट


नेकपा एमालेका सचिव लेखराज भट्टले केपी ओलीलाई निकै दूरदर्शी नेता भएको उल्लेख गरेका छन्।

शुक्रबार आयोजित कार्यक्रममा भट्टले ओलीको प्रशंसा गर्दै भने, “केपी ओली यहाँ कञ्चनपुरमा उभिएर काठमाडौं मात्र होइन, मेचीसम्म पनि हेर्न र देख्न सक्नुहुन्छ। मैले त केवल नारायणघाटसम्म देख्छु, अरूले काठमाडौंसम्म देख्छन्।”

ओलीलाई छोटो समयमा बुझ्न सकिने विषय नभएको भन्दै भट्टले ओलीलाई बुझ्न विशेष अध्ययन र अनुसन्धान आवश्यक रहेको बताए। “केपी ओलीलाई अझै सबैले बुझ्न सकेका छैनन्। उहाँलाई बुझ्न समय लाग्छ। अध्ययन गर्नुपर्छ, अनुसन्धान गर्नुपर्छ। उहाँले कतिखेर के कदम चाल्नुहुन्छ भन्ने कुरा हामीले सजिलै बुझ्न सक्दैनौं,” उनले थपे।

नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाउन आफू ओलीको पक्षमा रहेको उनले बताए। “अब केपी ओली मात्र नेपालका कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन सक्नुहुन्छ,” भट्टले उल्लेख गरे।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट