Techie IT
२०८२ फागुन १५, शुक्रबार

रुपन्देही–३ उपनिर्वाचन: एमालेबाट चार जनाले देखाए आकांक्षा


रुपन्देही क्षेत्र नं. ३ मा कार्तिक १७ गते हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट चार जनाले उम्मेदवार बन्ने इच्छा प्रकट गरेका छन्।

शनिबार भैरहवामा बसेको एमाले क्षेत्रीय समन्वय समितिको तेस्रो बैठकमा पार्टीका पोलिटब्युरो सदस्य खिमलाल भट्टराई, नेता एवं व्यवसायी शशी पौडेल, सिद्धार्थनगर नगरपालिकाका पूर्व मेयर तथा एमाले लुम्बिनी प्रदेश सदस्य हरि प्रसाद अधिकारी, र नेता यज्ञजित शाहले उम्मेदवारीको आकांक्षा औपचारिक रूपमा व्यक्त गरेका हुन्।

एमाले केन्द्रीय समितिले एक महिलासहित तीन जनाको नाम सिफारिस गर्न निर्देशन दिएको भए पनि हालसम्म महिला उम्मेदवारका लागि कसैले आकांक्षा देखाएको छैन।

जिल्ला अध्यक्ष यज्ञ गैरका अनुसार रुपन्देही एमालेले केही दिनमै उम्मेदवारहरूको नाम केन्द्रमा पठाउने तयारी गरिरहेको छ।

सांसद दीपक बोहोरा निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट