Techie IT
२०८२ श्रावण ३१, शनिबार

लामिछानेलाई नख्खु कारागार ल्याइँदै


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा कारागारबाट काठमाडौं ल्याइँदैछ।

उनीलाई ललितपुरस्थित नख्खु कारागारमा राखिने भएको छ। हिजोमात्रै कारागार विभागले उनलाई कारागार सरुवा गर्ने निर्णय गरी कार्यान्वयनका लागि पत्र पठाएको थियो।

सोही निर्णयअनुसार उनलाई आजै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ललितपुरको नख्खु कारागार लगिने भएको हो। यसका लागि अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीका गाडी भैरहवा कारागार पुगेका छन्। केहीबेरमै उनी विमानमार्फत काठमाडौं आउनेछन्।

दिउँसो ३ बजेर १० मिनेटमा उनलाई बुद्ध एयरको उडानमार्फत काठमाडौं ल्याइने बताइएको छ। रविले दिएको कारागार सरुवा सम्बन्धी निवेदनका आधारमा प्रशासनले निर्णय गरेर उनलाई नख्खु कारागार ल्याउन लागेको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट