Techie IT
२०८२ भाद्र २, सोमबार

विदेशसचिव मिश्रीबाट नेपाली सेनालाई स्ट्राइकिङ भेइकल, घोडा र कुकुर उपहार


दुईदिने नेपाल भ्रमणमा आएका भारतीय विदेशसचिव विक्रम मिश्रीले नेपाली सेनालाई ६ वटा ‘लाइट स्ट्राइकिङ भेइकल’ उपहार दिएका छन्।

मिश्रीले जंगीअड्डा पुगेर उक्त सैन्य सामग्री हस्तान्तरण गरेका हुन्। जंगीअड्डाका एक वरिष्ठ अधिकारीका अनुसार, सामग्री हस्तान्तरणको तयारी केही समयअघि नै सुरु भएको थियो। विदेशसचिव नेपाल आएको अवसर पारेर उनले स्वयं जंगीअड्डा पुगेर हस्तान्तरण गरेका हुन्।

स्रोतका अनुसार, मिश्रीले थप रूपमा प्रजनन प्रयोजनका लागि २ वटा सैनिक कुकुर र ६ वटा घोडा पनि उपहार दिएका छन्। साथै, केही स्वास्थ्य सामग्री पनि नेपाली सेनालाई उपलब्ध गराएका छन्।

सामग्री हस्तान्तरणअघि विदेशसचिव मिश्रीले प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका थिए। भेटमा दुई देशबीचका आपसी हित र सैन्य सम्बन्धबारे कुराकानी भएको सैनिक स्रोतले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिन मिश्री आइतबार काठमाडौं आएका थिए। सो दिन उनले प्रधानमन्त्री ओली, राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेट गरेका थिए।

विदेशसचिव मिश्री आज दिउँसो साढे २ बजे स्वदेश फर्किने कार्यक्रम छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट