"गुट चलाउन आउँदैन, एमालेको हितमा लाग्छु" - पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेमै फर्किएको घोषणा गर्दै पार्टीको हितमा लाग्ने बताएकी छिन्।
एमालेको सक्रिय राजनीतिमा पुनः फर्कने निर्णयपछि पहिलोपटक कोशी प्रदेश पुगेकी भण्डारीले विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै आफू सधैं एमालेमै भएको र अब पनि एमालेकै पक्षमा काम गर्ने स्पष्ट धारणा राखिन्।
भण्डारीले भनिन्, “म एमालेमै रहेकी हुँ, तर पार्टीभित्र गुट चलाउन आउँदैन। गुटबन्दी गर्ने स्वभाव पनि मेरो छैन।” उनले आफू एमालेबाटै राष्ट्रपति बनेको उल्लेख गर्दै पदावधि सकिएपछि स्वाभाविक रूपमा एमालेमा फर्किएको दाबी गरिन्।
पार्टी केन्द्रीय समितिले सदस्यता खारेज गरेको विषयमा प्रश्न सोधिँदा भण्डारीले सदस्यता नवीकरण गरिसकेको बताइन्। "मैले सदस्यता नविकरण गरिसकेको छु। अहिले त्यो प्रश्न उठाउने विषय नै होइन," भण्डारीको भनाइ छ।
तपाईको प्रतिक्रिया दिनुहोस