Techie IT
२०८२ भाद्र ३, मंगलबार

माओवादी केन्द्रको पदाधिकारी बैठक अहिले पेरिसडाँडामा बस्दैं


नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको छ । बैठकबारे जानकारी पार्टी सचिव गंगानारायण श्रेष्ठले दिएका छन् ।

श्रेष्ठका अनुसार बैठकमा समसामयिक राजनीतिक परिदृश्य, नेताहरूको कार्यविभाजन, पार्टी एकता, स्थगित जागरण अभियान सञ्चालन, संसदमा विचाराधीन विधेयकहरू अगाडि बढाउन भइरहेको ढिलाइलगायत विषयमा छलफल हुनेछ ।

हालै सम्पन्न स्थायी समिति बैठकले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरिसकेको छ भने नेकपा (एकीकृत समाजवादी)सँग पनि एकता सम्भावनाबारे छलफल चलिरहेको माओवादीले जनाएको छ ।

त्यसैगरी पार्टीभित्र देखिएका अन्तरविरोध समाधान गर्ने उद्देश्यले गुट, उपगुट तथा स्वार्थ समूह विघटन गर्ने निर्णय पनि स्थायी समिति बैठकमार्फत गरिएको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट