Techie IT
२०८२ भाद्र ४, बुधबार

उपसभामुख रानाविरुद्ध प्रस्तावबारे रास्वपा आन्तरिक छलफलमा


सत्तारुढ दल नेपाली कांग्रेस र एमालेले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन सांसदका हस्ताक्षर संकलन थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदलाई आन्तरिक छलफलका लागि बोलाएको छ।

प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने भएकाले त्यसअघि नै रणनीति तय गर्न रास्वपाले सबै सांसदलाई १२ बजेभित्र नयाँ बानेश्वरस्थित पार्टी कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो।

उपसभामुख राना रास्वपाकी समानुपातिक सांसद हुन्। उनलाई तत्कालीन माओवादी, एमाले, रास्वपा र राप्रपाको गठबन्धनले उपसभामुख बनाएको थियो। हाल कांग्रेस र एमालेले पदअनुकूल आचरण नगरेको भन्दै रानाविरुद्ध प्रस्ताव दर्ता गर्ने तयारी गरिरहेका छन्।

रास्वपा सांसद सोबिता गौतमका अनुसार संसदीय दलको बैठकमा उपसभामुखविरुद्धको प्रस्ताव मात्र नभई भिजिट भिसा प्रकरण, विद्यालय शिक्षा विधेयक लगायतका विषयमा पनि छलफल हुनेछ। उनले भनिन्, “भिजिट भिसा प्रकरणपछि प्रतिनिधिसभा बैठकअघि संसदीय दलको बैठक बस्ने गरिएको थियो। आज नयाँ विषयसमेत आएकाले सांसदहरूलाई छलफलमा बोलाइएको हो।”



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट