Techie IT
२०८२ फागुन १५, शुक्रबार

देशको राजनीतिको खाँबो आफैं भएको प्रचण्डको दाबी


नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले राजनीति छाडे देश गर्ल्यामगुर्लुम ढल्ने हो कि भन्ने महसुस हुने गरेको बताएका छन्।

बुधबार साहित्यकार बाबा बस्नेतद्वारा लिखित ‘रङ्गिन घरहरू’ (कथासङ्ग्रह), ‘ढुङ्गामा आकार’ (कविता सङ्ग्रह) र ‘आवाज’ (श्रव्य नाटक सङ्ग्रह) लोकार्पण समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले यस्तो धारणा व्यक्त गरेका हुन्।

‘म अहिले सरकारको नेतृत्वमा पनि छैन, प्रमुख प्रतिपक्षी दलको नेता मात्र छु,’ प्रचण्डले भने, ‘तर कहिलेकाहीँ यस्तो लाग्छ—देशको राजनीतिको खाँबो मैले छाडिदिएँ भने गर्ल्यामगुर्लुम ढल्ने हो कि जस्तो हुन्छ। सबै जिम्मेवारी मेरो काँधमै परेको अनुभूति हुन्छ।’

उनले कहिलेकाहीँ यस्तो नहोला भन्ने सोच पनि आउने गरेको उल्लेख गरे। ‘सोच्छु—जीवनमा यस्तो शाश्वत त हुँदैन। मान्छेले निश्चित अवधिसम्म मात्र भूमिका निर्वाह गर्ने हो, अन्ततः अर्कोले गाडी अघि बढाउने हो। तर जिम्मेवारीबोध भने अन्तिम क्षणसम्म पनि भारी बनेर थिचिरहने रहेछ,’ प्रचण्डको भनाइ थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट