Techie IT
२०८३ जेष्ठ ८, शुक्रबार

नक्कली प्रमाणपत्र प्रकरणः रास्वपा नेता हरिप्रसाद कँडेल निलम्बित


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नक्कली शैक्षिक प्रमाणपत्र बनाउने प्रकरणमा संलग्न रहेर पक्राउ परेका नेता हरिप्रसाद कँडेललाई निलम्बन गरेको छ।

रास्वपाको बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक रहेका कँडेललाई प्रहरीले बिहीबार चितवनबाट नियन्त्रणमा लिएको थियो। त्यसपछि शुक्रबार पार्टीले उनलाई सबै जिम्मेवारीबाट हटाएको हो।

रास्वपा केन्द्रीय अनुसन्धान आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालले जारी गरेको विज्ञप्तिमा कँडेललाई पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी निलम्बन गरिएको उल्लेख छ। अनुशासन आयोगका अनुसार प्रहरी अनुसन्धान सहज बनाउन पनि यस्तो निर्णय गरिएको हो।

प्रहरीका अनुसार कँडेलमाथि नक्कली शैक्षिक प्रमाणपत्र छपाइ र वितरणमा संलग्न रहेको आरोपमा अनुसन्धान भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट