Techie IT
२०८३ जेष्ठ ८, शुक्रबार

राज्य व्यवस्था समिति सभापतिबारे निर्णय गर्न काँग्रेस शीर्ष नेताको बैठक बस्दै


काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु आज राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबारे निर्णय गर्न बैठक बस्दै छन् । सभापति शेरबहादुर देउवाले बिहान ११ बजे बूढानीलकण्ठस्थित आफ्नै निवासमा बैठक बोलाएका हुन्।

बैठकमा दुई उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा दुई महामन्त्री गगन थापा र विश्व प्रकाश शर्माको उपस्थिति रहनेछ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा आज दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ। सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन हुने र भोली बुधबार दिउँसो १ बजे निर्वाचन हुने कार्यतालिका छ।

उक्त पद तत्कालीन सभापति तथा कांग्रेस सांसद रामहरि खतिवडाले साउन २८ गते राजीनामा दिएपछि रिक्त भएको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट