राज्य व्यवस्था समिति सभापतिबारे निर्णय गर्न काँग्रेस शीर्ष नेताको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु आज राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबारे निर्णय गर्न बैठक बस्दै छन् । सभापति शेरबहादुर देउवाले बिहान ११ बजे बूढानीलकण्ठस्थित आफ्नै निवासमा बैठक बोलाएका हुन्।
बैठकमा दुई उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा दुई महामन्त्री गगन थापा र विश्व प्रकाश शर्माको उपस्थिति रहनेछ।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा आज दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ। सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन हुने र भोली बुधबार दिउँसो १ बजे निर्वाचन हुने कार्यतालिका छ।
उक्त पद तत्कालीन सभापति तथा कांग्रेस सांसद रामहरि खतिवडाले साउन २८ गते राजीनामा दिएपछि रिक्त भएको हो।
तपाईको प्रतिक्रिया दिनुहोस