Techie IT
२०८३ जेष्ठ ८, शुक्रबार

इम्बोस्ड नम्बर प्लेट देवनागरीमै लागू गरिनुपर्छ - पूर्व सुरक्षाकर्मी परिषद्‌ नेपाल


काठमाडौं । पूर्व सुरक्षाकर्मी परिषद्‌ नेपालले सवारीसाधनमा प्रयोग हुने इम्बोस्ड नम्बर प्लेट देवनागरी लिपिमै बनाउनुपर्ने माग गरेको छ।

बुधबार जारी विज्ञप्तिमा परिषद्ले इम्बोस्ड नम्बर प्लेट बनाउन र जडान गर्ने जिम्मेवारी स्वदेशी कम्पनीलाई मात्र दिनुपर्ने बताएको छ। साथै डेटा सुरक्षाका लागि सम्बन्धित सूचना (आईटी कन्ट्रोल) नेपालकै सुरक्षा निकायसँग मात्र राखिनुपर्ने र यसलाई चरणबद्ध तरिकाले कार्यान्वयन गर्नुपर्ने उल्लेख छ। सेवाग्राही नठगिने गरी सहज र सरल ढंगले सेवा उपलब्ध गराउनुपर्नेमा पनि परिषद्ले जोड दिएको छ।

परिषद्का अध्यक्ष कोमल बहादुर राउत र प्रवक्ता फणिन्द्र प्रसाद घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “नेपाल सरकारले सवारीसाधनमा अनिवार्य रूपमा अङ्ग्रेजी इम्बोस्ड नम्बर लागू गर्ने पटक–पटक निर्णय गर्दा आम नागरिक असन्तुष्ट रहँदै आएका छन्। नागरिकको आवाजलाई बेवास्ता गर्दै सरकारले आफ्नो निर्णयलाई अघि बढाएकोप्रति परिषद्को गम्भीर ध्यानाकर्षण भएको छ।”

विज्ञप्तिमा संविधानको आधार, नागरिकको भाषिक अधिकार, राष्ट्रिय हित र सुरक्षा, अन्तर्राष्ट्रिय अभ्यास, गोपनीयता, डाटा सुरक्षा तथा स्वदेशी प्रविधि र रोजगारीलाई समेत ध्यानमा राखेर मात्र यस्तो योजना कार्यान्वयन गर्नुपर्ने उल्लेख छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट