Techie IT
२०८२ भाद्र १२, बिहीबार

पार्टीको पुनर्संरचना अब अपरिहार्य भैसक्यो - उपमहासचिव जनार्दन शर्मा


नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले कम्युनिस्ट पार्टीको पुनर्संरचना अब अपरिहार्य भएको बताएका छन्।

सहिद प्रतिष्ठानले बिहीबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पार्टी पुनर्गठनका लागि आवश्यक त्याग गर्न सबै तयार हुनुपर्नेमा जोड दिएका छन् ।

उनले भने, “कम्युनिस्ट पार्टीको पुनर्संरचना अनिवार्य छ। त्याग गर्नुपर्ने भए त्याग गर्नुपर्छ। नयाँ पुस्ता के चाहन्छ? जेन–जेड पुस्तासम्मको बहस भइरहेको छ। त्यसलाई सम्बोधन गर्दै कम्युनिस्ट आन्दोलनलाई ध्रुवीकरण र पुनर्गठन गर्नुपर्छ। वृहत्तर राष्ट्रिय स्वार्थमा केन्द्रित भएर अघि बढ्नुपर्छ।”

शर्माले २०७४ सालमा नेकपा गठन हुँदा कार्यकर्ता तथा नेतामा उच्च उत्साह देखिए पनि नेताहरूको स्वार्थका कारण त्यो उत्साहमा ‘चिसो पानी खन्याइएको’ आरोप लगाए।

उनका अनुसार, “नेकपा गठन हुँदा निकै उत्साह थियो। तर सत्ता स्वार्थका कारण त्यो उत्साह हरायो। कसैलाई व्यक्तिगत आरोप लगाउन चाहन्न। तर झन्डै दुई तिहाइ मत पाएको पार्टी विघटन हुनु लोकतान्त्रिक अभ्यासको कमी र वैचारिक अभावकै कारण हो। पुराना पुस्तालाई मात्र दोष दिने होइन, विगतबाट शिक्षा लिएर जनताको पार्टी बनाउनुपर्छ। त्यसका लागि सम्पूर्ण कम्युनिस्ट शक्तिलाई एकीकृत गर्ने निरन्तर अभियान आवश्यक छ।”



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट