Techie IT
२०८३ जेष्ठ ८, शुक्रबार

सङ्घीय संसदका दुई समितिको बैठक आज बस्दै


सङ्घीय संसद्का दुई समितिको बैठक आज बस्दैछन्। कार्यसूचीअनुसार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक तोकिएको छ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए) प्रतिवेदनको वातावरणीय व्यवस्थापन योजना परिमार्जनमा देखिएका समस्या सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग छलफल हुने कार्यसूची रहेको छ।

यस्तै, विधायन व्यवस्थापन समितिको बैठकमा ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०’ माथि दफावार छलफल गर्ने कार्यक्रम तय भएको संसद् सचिवालयले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट